Logo ११ माघ २०८२, आइतबार | Mon Jan 26 2026


नवलपुरमा क्षय रोगका बिरामीको उपचारमा चुनाैती


338
Shares

नवलपुर । नवलपुरमा क्षय रोगका बिरामीको संख्यामा वृद्धि नभएकाे भए पनि उपचारमा भने चुनौती रहेको चिकित्सकहरुले बताएका छन्।

विश्व क्षय रोगको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले गरेको अन्तरक्रिया कार्यक्रममा बाेल्दै चिकित्सकहरुले यस्ताे बताएका हुन् । गत आर्थिक वर्षको तुलनामा यस वर्ष क्षय रोगका बिरामीको संख्या नबढेकाे मध्य बिन्दु जिल्ला अस्पता क्षय रोग विभाग ल्याब असिस्टेन दिल्लीराम तिवारीले बताउनुभएकाे हाे । क्षय रोगका बिरामीहरुको खकार परीक्षण गर्नका लागि पोखरा पुर्याउनु पर्ने भएकाले समस्या भएको उहाँकाे तर्क छ ।

उहाँका अनुसार जिल्लामा क्षय रोग बिरामीका लागि यग्नोसिस गर्ने काटेजको चरम अभाव रहेको जानकारी गराउनुभयो । अहिले डायग्नोसिस गर्ने काटेजको अभावका कारण बिरामीहरुको डायग्नोसिस हुन नसकेको उहाँकाे भनाइ छ । तिवारीका अनुसार राष्ट्रिय क्षय रोग केन्द्र र प्रदेश सरकारले क्षय रोगका लागि आवश्यक बजेट प्रदान गर्न नसक्दा आर्थिक समस्या समेत भएकाे बताउनुभयो ।

नवलपुरमा हालसम्म ५ सय २९ जनामा क्षय रोग देखिएको अस्पतालले जनाएकाे छ ।