२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


बुधबार कोरोना संक्रमितको संख्या शून्य


455
Shares

काठमाडौं । बुधबार कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।गत २४ घण्टामा १३ सय ८७ जनाको नमूना परीक्षण गरिएको थियो ।

५ सय ५७ जनाको पीसीआर र ८ सय ३० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार देशभर ३ जना संक्रमण मुक्त भएका छन् भने १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।