१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने कांग्रेसको निर्णय


4.68k
Shares

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकले गठबन्धनमा भएको सहमति अनुसार कांग्रेस-माओवादी केन्द्रसहितको दलहरुको सरकारको निर्माण गर्ने निर्णय गरेको छ ।

बागमतीमा राप्रपाले सरकार छाडेपछि संविधानको व्यवस्थाअनुसार मुख्यमन्त्री जमकट्टेलले आज विश्वासको मत लिँदैछन् ।