१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


कोशी प्रदेशका माओवादीका संसदीय दलका नेता आङ्वोमाथि आक्रमण


5.265k
Shares

ताप्लेजुङ । कोशी प्रदेशका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्वोमाथि आक्रमणको प्रयास भएको छ ।

मंगलबार पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग अन्तर्गत बहानन्दे क्षेत्रमा आङ्वो सवार गाडीमा ढुंगा प्रहार भएको हो । आक्रमणको प्रयास भएपनि आङ्वो भने सकुशल रहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो ।

आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन । कोशी प्रदेश खारेजी संयुक्त संघर्ष समितिले सदरमुकाम फुङलिङमा कालो झण्डा देखाउन खोजेको थियो । तर, आक्रमणको सम्बन्धमा आफूहरुलाई जानकारी नभएको समितिले जनाएकाे छ ।

नेता आङ्वोका साथमा माओवादी केन्द्रका प्रदेश संयोजक हर्क नेम्वाङ समेत रहनुभएको थियो ।