१६ जेष्ठ २०८१, बुधबार | Wed May 29 2024


संवैधानिक आयोगकाे कामप्रति अध्यक्ष तिमिल्सिनाको असन्तुष्टि


312
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगका काम कारबाहीप्रति असन्तुष्टि जनाउनुभएकाे छ ।

मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे असन्तुष्टि जनाउनु भएकाे हाे । अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगलाई जागिर खाने थलोको रुपमा विकास गर्न नहुने धारणा राख्नुभयो ।

उहाँले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पार्नुभयो । आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगलाई उहाँले आग्रह गर्नुभयो ।

साेही कार्यक्रमलाई सम्बाेधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकका हक, अधिकारको संरक्षण र सम्वर्धन गर्न आयोग प्रतिवद्ध रहेको बताउनुभयो। मानव अधिकारको संरक्षणका लागि सबै संवैधानिक आयोगसँग मिलेर काम भइरहेको समेत उहाँले स्मरण गराउनुभयो ।