३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


चर्को ब्याजदरले होटल क्षेत्रमा समस्या : ब्याजदर घटाएर एकल अंकमा ल्याउन हानको माग


130
Shares

काठमाडौं । होटल व्यवसायीको छाता संस्था होटल संघ नेपाल (हान)ले चर्को दरमा बढेको बैंक कर्जाको ब्याजदर घटाएर एकल अंकमा ल्याउन माग गरेको छ ।

लामो समयदेखि बढेको चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाएर एकल अंकमा ल्याउन माग गरेको हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै हानले व्यावसायिक सुरक्षाका लागि सम्बन्धित निकायसँग यस्तो माग गरेको हो । कोरोना महामारीका कारण व्यवसाय ठप्प भएको अवस्थामा कर्जाको चर्को ब्याजदरले थप समस्या सिर्जना गरेको हानले जनाएको छ ।

यसैगरी, हानले होटल क्षेत्रमा प्रवाह भएको कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न समेत आग्रह गरेको छ । अहिले केही होटल सञ्चालनमा रहे पनि चालू खर्च धान्न समेत नसक्ने अवस्था आएको हानको भनाइ छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।