Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


पूर्वउपराष्ट्रपति पुनको बिदाई


312
Shares

काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवासबाट साेमबार नयाँ उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वागत र पूर्वउपराष्ट्रपति नन्दबहादु पुनलाई बिदाई गरिएको छ ।

साेमबार बिहान शितल निवासमा एक समारोहकाबीचमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हाे।

सोही समारोहमा पूर्वउपराष्ट्रपति पुनलाई प्रधानमन्त्री पुष्प कमल दाहालले काठको आँखी झ्याल दिएर बिदाई गर्नुभएको हाे ।

यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि आँखी झ्याल नै दिएर बिदाई गरिएको थियो ।