Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


भेरी करिडोरमा आधा दर्जन पुल अलपत्र


104
Shares

जाजरकोट । भेरी करिडोरमा आधा दर्जन पुल अलपत्र परेका छन् ।

क्याराभान कन्स्ट्रक्सनले ठेक्का सकारेका जाजरकोड डोल्पा सडक खण्डमा पर्ने आधा दर्जन पुल अलपत्र परेका हुन् । सडक विभागको पुल महासाखाबाट ३६ महिनाभित्र निर्माण गर्ने गरी बोलपत्र गरिएको थियो।ठेक्का लिएको १ वर्ष बित्दासम्म काम नै सुरु भएको छैन ।

नलगाड नगरपालिकाको ताँसुगाडा पुल, मैदेखोला, तात्रगाड, झुम्रेखाेला र नलगाडामा क्याराभान कन्स्ट्रक्सनले पुल निर्माण नगरेको हो ।जाजरकोट, डोल्पा र रुकुम पश्चिमकोबीचमा रहेको त्रिवेणीस्थित भेरी नदिको पुल क्याराभान कन्स्ट्रक्सनले लिएर ठेक्का बिक्री गरेको छ ।

२ वर्षसम्म ठेक्का होल्ड गरेर यसले रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।