Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


गृहमा माओवादी, अर्थमा कांग्रेस


23.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले गृहमन्त्रालयको जिम्मेवारी आफ्नै पार्टीका नेतालाई दिने भएका छन् ।

संसदबाट पुनः विश्वासको मत लिएर सरकार विस्तारको आन्तरिक तयारीमा जुटेका प्रधानमन्त्री प्रचण्ड गृहमन्न्त्रालय सत्तारूढ अन्य दललाई नदिने अडानमा छन् ।

सत्तारूढ दल नेकपा (माओवादी) ले गृह मन्त्रालय र नेपाली कांग्रेसले अर्थ मन्त्रालय दिने भएका छन् ।

कांग्रेसले अर्थसहित गृहमा समेत दाबी गरेको छ । बालुवाटार स्रोतका अनुसार सत्तारूढ दलबीच शक्तिका आधारमा मन्त्रालयको भागबण्डा गरेर मन्त्रिपरिषद विस्तार हुनेछ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।