काठमाडौं, भदौ १६ । बीपी कोइराला स्मृति ट्रष्टले यस बर्षको बीपी सेनानी सम्मान पुरस्कार चक्रप्रसाद बाँस्तोलालाई दिने निर्णय गरेको छ ।
प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान पुर्याएबापत बाँस्तोलालाई यो पुरस्कार प्रदान गरिने भएको हो ।
त्यसैगरी बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिने भएको छ । एक लाख एक हजार रुपैयाँ राशी रहेको यो पुरस्कार बीपी जयन्तीको अवसरमा बीपी ट्रष्टले भदौ २२ गते काठमाडौंमा प्रदान गर्ने छ ।
ट्रष्टले अघिल्लो बर्ष बीपी साहित्य सम्मान पुरस्कार साहित्यतर्फ प्राध्यापक डा. अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई प्रदान गरेको थियो ।
यस बर्ष पनि विशेष समारोह गरी पुरस्कार प्रदान गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले बताए ।









प्रतिक्रिया दिनुहोस्