Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


६ किलोमिटर सडक ६ वर्षसम्म अधुरै


156
Shares

गुल्मी । विकास निर्माणको काममा हुने ढिलासुस्तीको नमुना गुल्मीको तम्घास-रेसुङ्गा सडकलाई हेरे मात्र पुग्छ । यहाँको ६ किलोमिटर सडक कालोपत्रेको काम ६ वर्षसम्म पनि अधुरै छ ।

जिल्लाको सदरमुकाम तम्घासबाट रेसुङ्गा जानका लागि मात्र ६ किलोमिटरको दुरी छ । सडक कालोपत्रेका लागि वि.सं. २०७४ मा सम्झौता भई अगाडि बढे पनि हालसम्म सडक निर्माणको काम नसकिएको हो ।

यस सडक निर्माणका लागि सडक पूर्वाधार विकास कार्यालय गुल्मी र आशिष शेर्पा रामेछाप जेभीअन्तर्गत रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रा.लि.बीच सम्झौता भएको थियो ।

कुल १७ करोड १८ लाख बजेटमा निर्माणको काम थालिएको यो सडकले अझै पूर्णरुप पाउन सकेको छैन् । यस सडकलाई विभिन्न बहाना बनाएर पटकपटक म्याद थप गर्दा निर्माणमा ढिलासुस्ती भएको हो ।

यो समाचार आजको कारोबार दैनिका प्रकाशित छ ।