Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


जोमसोम–खन्ती सडकमा कालोपत्रेकाे काम सुरू


130
Shares

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्रेकाे काम गर्न सुरु गरिएको छ ।

कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले साढे १६ किलोमिटर दूरीको खन्ती–जोमसोम सडकखण्ड कालोपत्रेको काम सुरु गरेको हो । आयोजनाका प्रमुख जगत प्रजापतिले खन्तीदेखि कालोपत्रेकाे काम गर्न सुरु गरिएको र आस्कपाल्ट प्रविधिमार्फत कालोपत्रेको काम भइरहेको उहाँले बताउनुभयाे ।

यो सडकखण्डमा ११ मिटर चौडाइका दरले कालोपत्रे गरिएको छ । पप्पु–गौरी–पार्वती–कोसी एण्ड न्यौपाने नामका निर्माण कम्पनीहरु मिलेर २०७३ सालमा ९९ करोड ६२ लाख रुपैयाँमा सडक निर्माणको जिम्मा लिएकोमा ति कम्पनीहरुले काम नगरेपछि गौरी एण्ड पार्वती कम्पनीले गत पुस महिनामा निर्माणको जिम्मा लिएको थियो ।

सोही निर्माण कम्पनीले ठेक्का लिएको चराङ–छोसेर खण्डको २५ किलोमिटर सडकखण्डको काम पनि अघि बढाउन लागेको आयोजनाका प्रमुख प्रजापतिले बताउनुभयो ।

Skip This