
काठमाडौं । उपराष्ट्रपति निर्वाचनको अधिकृतको कार्यालयले उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राख्ने निर्णय गरेको छ ।उपराष्ट्रपतिको सम्बन्धमा भएका संवैधानिक प्रावधान, ऐन र निर्देशिकाको अध्ययन गरी यादवको उम्मेदवारी कायम राख्ने निर्णय गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताउनुभयो । उहाँले राष्ट्रपति र उपराष्ट्रपति फरक लिड्ड वा समुदाय गरी दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक नभएकोले उम्मेदवारी कायम राखेको बताउनुभयो ।
राष्ट्रपति खसआर्य समुदाय पुरुष रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले अब उपराष्ट्रपतिको लागि खसआर्य समुदायबाहेक दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता हुने जिकिर गर्दै उम्मेदवार अष्टलक्ष्मी शाक्यको तर्फबाट नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र उम्मेदवार ममता झाले यादवविरुद्ध आइतबार उजुरी दिनुभएको थियो । उजुरीउपर जाँचबुझ गरी कार्यालयले यादवको उम्मेदवारी बदर गर्न नपर्ने निर्णय गरेको हो । आइतबार मध्यान्ह १२ बजेसम्ममा उम्मेदवारविरुद्धको उजुरीउपर जा“चबुझ गर्ने समय तोकिएको थियो ।
नेपालको संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिड्ड वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने भनिएको छ । त्यस्तै, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो, सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसै गरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन निर्देशिका २०७४ को दफा २६ को उपदफा (६) मा उपराष्ट्रपतिको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिड्ड वा समुदायको हो, सोभन्दा फरक लिड्ड वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने प्रावधान रहेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्