Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


उपेन्द्रको दलविरूद्ध तीन मधेशवादी दलको कार्यगत एकता


1k
Shares

काठमाडौं । तीन मधेशवादी दलका बीचमा कार्यगत एकता हुने सहमति भएको छ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), डा. सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बीचमा कार्यगत एकता गर्ने शनिबार सहमति भएको छ ।

उनीहरूको कार्यगत एकता उपेन्द्र यादव र उनको दल जसपाविरूद्ध केन्द्रीत देखिएको छ ।

तीन दलबीच भएको सहमतिपत्रमा भनिएको छ, ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीका आधारमा सहकार्य गर्दै कार्यगत एकताका निम्ति सहमति भएको छ ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।