२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023


ओली र मोदीद्वारा धर्मशाला उद्घाटन, लुम्बिनी भ्रमणको निम्तो


0
Shares

काठमाडौं, भदौ १५ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ क्षेत्रमा निर्माण गरिएको धर्मशालाको संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

शुक्रबार दुवै प्रधानमन्त्रीले पशुपति क्षेत्रमा निर्माण गरिएको नेपाल–भारतमैत्री धर्मशालाको उद्घाटन गरेका हुन् ।

सो समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथले नेपाल–भारतको सभ्यता र संस्कृतिलाई जोडेको बताए ।

नेपाल–भारतमैत्री धर्मशालाले नेपालको पर्यटन विकास र आर्थिक गतिविधिमा सहयोग पुर्‍याउने उनले बताए ।

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई लुम्बिनी भ्रमणको निम्तोसमेत दिए । प्रधानमन्त्री ओलीले मोदीलाई छिट्टै लुम्बिनी भ्रमण गर्न आग्रह गरेका हुन् ।

लुम्बिनी भ्रमणको निम्तोसँगै ओलीले मोदीलाई ‘बुद्धिष्ट सर्किट’मा साथ र समर्थन दिन पनि आग्रह गरे ।

लुम्बिनी बुद्धधर्मको मुहान् रहेको भन्दै उनले बुद्धिष्ट सर्किटमा भारतको समर्थनको आशा गरेको बताए ।

पशुपति धर्मशालामा तीन तला र ३९८ कोठा रहेका छन् ।

धर्मशाला उद्घाटनपछि भारतीय प्रधानमन्त्री मोदीले पशुपतिनाथको दर्शन गरी पूजा–अर्चनासमेत गरेका थिए ।