Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


सेयर ब्रोकरका २० शाखा खोल्न अनुमति


702
Shares

काठमाडौं । सेयर कारोबारलाई सहज बनाउन नेपाल धितोपत्र बोर्डले एकै पटक सेयर बोक्ररका २० वटा शाखा खोल्ने अनुाति दिएको छ ।

‘धितोपत्र दलाल व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ अनुसार ११ वटा ब्रोकर कम्पनीलाई विभिन्न जिल्लामा शाखा विस्तार गर्न अनुमति दिएको हो ।

निर्देशिका जारी भएपछि कम्पनीले शाखा खोल्न अनुमति माग गरेका थिए । धितो पत्र बोर्डका अनुसार एउटा कम्पनीलाई अधिकतम ६ वटा शाखा खोल्न अनुमति दिएको छ ।

सबैभन्दा धेरै ६ स्थानमा शाखा खोल्न भृकुटी स्टक ब्रोकिङ कम्पनीले अनुमति पाएको छ । भृकुटीले पर्साको वीरगञ्ज, काभ्रेको धुलिखेल, सुर्खेतको वीरेन्द्रनगर, महोत्तरीको बर्दिबास, म्याग्दीको बेनी र दोलखाको चरीकोटमा शाखा खोल्न अनुमति पाएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।