प्रदीप पौडेल (इमेज)
पोखरा, भदौ १५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनभावनाअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् ।
शुक्रबार प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले संसदमा कांग्रेसको उपस्थिति नभएको आरोप लगाउने कम्युनिस्टहरुले काम गर्न पनि कांग्रेसले अवरोध गर्यो भन्दै हिँड्नु हास्यास्पद भएको टिप्पणी गरे ।
बिम्स्टेकका विषयमा भारतमा संयुक्त सैन्य अभ्यास गर्नेबारेमा सोधिएको प्रश्नमा नेता सिंहले छिमेकी राष्ट्रलाई सन्तुलनमा राखेर काम गर्ने नीति कांग्रेसको रहेको जिकिर गरे ।
बिम्स्टेकका कतिपय निर्णय राम्रा भएको र कतिपय अध्ययन गरेपछिमात्रै टिप्पणी गर्ने उनको भनाइ थियो ।
सरकार शान्ति–सुरक्षा स्थापनामा असफल भएको उनको भनाइ थियो ।










प्रतिक्रिया दिनुहोस्