Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


चलचित्र ‘दिलमाया २’को टिजर सार्वजनिक


208
Shares

काठमाडौं । चलचित्र ‘दिलमाया २’ को टिजर सार्वजनिक भएको छ ।

आइतबार सार्वजनिक गरिएको चलचित्रको उक्त टिजरमा महिलामाथि हुने घरेलू हिंसालाई देखाइएको छ । छोरीमाथि समाज र परिवारले कसरी विभेद र दमन गर्छ भन्ने कुरा टिजरमार्फत् अभिव्यक्त गरिएको छ ।

राजु गिरीको निर्देशनमा बनेको यस चलचित्रमा किरण नेपाली, सेन्जल पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वलीलगायतको अभिनय रहेको छ ।

चलचित्रलाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा भिष्मराज फुलाराको शब्द रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्वन्द्व निर्देशन र प्रोडक्सन म्यानेजरमा रेश्मा केसी छन् ।

राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रको पटकथा र संवाद निर्देशक गिरी स्वयंको हो । यो चलचित्रको पहिलो श्रृंखला २०६३ सालमा प्रदर्शन भएको थियो ।