
प्रकाश धौलाकोटी (इमेज):
तेह्रथुम, असार ४ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अनुगमनकाक्रममा जफत गरेका म्याद नाघेका खाद्यवस्तुसहितका सामग्री नस्ट गरेको छ ।
कार्यालयले साताव्यापीरुपमा जिल्लाका विभिन्न बजारको अनुगमन गरेको थियो ।
अनुगमनकाक्रममा जफत गरिएका म्याद नाघेका सामान र पेयपदार्थ नस्ट गरिएको हो ।
प्रशासनले सदरमुकाम म्याङलुङसहित जिरीखिम्ती, लसुने र हलिमेला बजारको अनुगमन गरेको थियो ।
ती बजारका ३२ ओटा पसलमा अनुगमन गरिएकामा १० ओटा पसलमा म्याद नाघेका खाद्यवस्तु बिक्रीका लागि राखिएको भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्