Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


चलचित्र ‘छक्कापञ्जा ४’को प्रमोशनल गीत सार्वजनिक


1.1k
Shares

काठमाडौं । चलचित्र ‘छक्कापञ्जा ४’को प्रमोशनल गीत सार्वजनिक भएको छ ।

मंगलबार युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत केदारप्रसाद घिमिरे (माग्नेबुढा) को स्वरमा रहेको छ । आगामी शुक्रबारदेखि प्रदर्शन हुन लागेको यस चलचित्रको उक्त गीतमा चलचित्रका सबै शीर्ष कलाकारलाई व्यंग्य गरिएको छ ।

घिमिरेको आफ्नै कम्पोजमा तयार भएको गीतको भिडियोमा कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मा पनि फिचर्ड छन् । प्रमोसनल गीतको रुपमा ल्याइएको यसमा फिल्मका महत्वपूर्ण दृश्यलाई समेत समावेश गरिएको छ ।

हेमराज विसीले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा ४’ मा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय रहेको छ ।