Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


पल शाहलाई उच्च अदालतको सफाई


208
Shares

काठमाडौं । उच्च अदालत पोखराले बालयौन दुरूपयोग मुद्दामा जेलमा रहेका अभिनेता पूर्णविक्रम शाह (पल) लाई सफाइ दिएको छ। आइतबार उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो।

त्यसअघि जिल्ला अदालत नवलपुरले शाहलाई नाबालिग बलात्कार मुद्दामा सफाइ दिए पनि बालयौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख भराउने फैसला गरेको थियो। जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले गत भदौ २० गते उक्त फैसला सुनाएको थियो। त्यसयता शाह कैदमै छन्। जिल्ला अदालतको सोही फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।

सोही पुनरावेदनउपर भएको इजलासले शाहमाथिको ‘अभियोग दाबी नपुग्ने’ भन्दै सफाइको फैसला सुनाएको हो। आइतबार बसेको इजलासको बहसमा नाबालिगका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता रामप्रसाद अधिकारी र शाहका पक्षबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुंगानाले बहस गरेका थिए। फैसलासँगै शाह कैदमुक्त हुने भएका छन्। उ

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।