
काठमाडौं । आठ दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ ।
राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न आठ दलको बैठक बालुवाटारमा बसेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्काको उपस्थिति छ । माओवादीबाट शक्ति बस्नेत, देव गुरुङ लगायतका नेताहरु छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ र नेतृ एलिजा गौतम सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्