एसइईको नतिजा एक साताभित्र • Image Khabar Image Khabar


एसइईको नतिजा एक साताभित्र


Imagekhabar
४ असार २०७५, सोमबार ०१:१६

एसइईको नतिजा एक साताभित्र

भक्तपुर, असार ४ । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको जानकारी दिए । उनले भने, ‘नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा जुटेका छौं, कुनै प्राविधिक गडबडी भएन भने पाँच दिनभित्र नतिजा सार्वजनिक गर्छौं ।’

यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्