
पाेखरा । खास नाम ईश्वर केसी तर सामाजिक सञ्जालमा उनलेे ‘इशु ब्रो’राखेका छन् । उनै केसीले सोमबार दिउँसो खिचेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । जुन भिडियोको सम्बन्ध पोखरामा चराबाट हुने हवाई जोखिमसँग छ ।
गत पुस १७ गते देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको जोखिम रहेको विमानस्थलले नै बारम्बार बताउँदै आएको छ ।
यसअघि पनि माघ २ गते विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको थियो । चराले हवाई उडानमा जोखिम निम्त्याउन सक्ने गुनासो उठिरहेका बेला सोमबार केसीले विमानस्थलमा अवतरणका क्रममा रहेको बुुद्ध एयरको जहाजसँग चरा ठोक्किएको भिडियो संयोगवस कैद गरेका थिए ।
दिउँसो ३ बजेर २४ मिनेटमा खिचिएको उक्त भिडियोमा जहाजसँग चरा ठोक्किएको देखिन्छ। त्यसपछि चरा फनफनी घुम्दै भूँइमा खसेको पनि भेडियोमा देखिन्छ। जहाजमा ठोक्किएको चरा खसेको ठाउँ गल्फकोर्षको ‘ग्रिन’हो । जहाँ गल्फरले प्रशिक्षण लिइरहेका थिए । जहाजसँग चरा ठोक्किएको ती गल्फरले पनि देखेका थिए ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्