Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


घरजग्गा कारोबार ५ महिनापछि लयमा


10.7k
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिनासम्ममा जग्गाको कारोबार संख्या बढ्दै गएको देखिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण गर्ने क्रम बढेसँगै कारोबार पनि बढेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्मनिधि सोतीले १ महिनाअघि सयवटा स्थानीय तहले जग्गाको वर्गीकरण गरेकोमा हाल सो संख्या १५० भन्दा बढी पुगेका कारण जग्गाको कारोबार बढेको बताए ।

‘तर, किनबेचको मापदण्ड बढेका कारण गत आवको भन्दा जग्गाको कारोबार भने बढी नहुने हाम्रो अनुमान छ’ , सोतीले भने, ‘हालको तथ्यांक हेर्दा दैनिक लिखत संख्या बढेको छ । भू–उपयोग नियमावलीले काम गरेको देखिन्छ ।’

चालु आ.व.को भदौमा कारोबार बढे पनि असोज र कार्तिकमा जग्गाको कारोबार घट्दा यसबाट उठ्ने राजस्वसमेत लगभग ३ गुणाले घटेको थियो । तर, मंसिरबाट क्रमशः बढेर माघसम्ममा कारोबार उच्च देखिएको विभागले जनाएको छ ।

यो समाचारर आजको कारोबार दैनिकमा प्रकाशित छ ।