Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


भन्सार छली गरी करोडौंको तस्करी

राजस्व अनुसन्धान विभागको उपस्थिति कमजोर

208
Shares

काठमाडौं । भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरी करोडौं मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढे पनि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न सकेका छैनन् । राजस्व अनुसन्धान विभाग अस्थिर बनेसँगै तस्करले मौकाको फाइदा उठाउँदै तस्करी व्यापक पारेका हुन् ।

विभागमा एक वर्षमा चार जनासम्म महानिर्देशक परिवर्तन हुने गरेका छन् । जसको फाइदा तस्करले उठाउने गरेका छन् । पछिल्ला केही समयदेखि सीमा नाकामा राजस्व अनुसन्धान विभागको उपस्थिति पनि कमजोर रहेको पाइएको छ ।

राजस्वको कमजोर उपस्थिति भएपछि नाकामा चोरीपैठारीमार्फत करोडौं मूल्यका रड, सिमेन्ट, खाद्यन्न, कपडा, चिनी, हार्डवेयर सामान तस्करी हुने क्रम बढेको हो । यसरी तस्करी हुने क्रम बढे पनि राजस्व अनुसन्धान विभागले नाकामा कडाइ गर्न सकेको छैन ।

विभिन्न सामान ठूलो परिमाणमा तस्करी गरी काठमाडौं ल्याएर बिक्रीवितरण भइरहेको स्रोतको दाबी छ । तर, विभागले तस्करी गर्नेहरूको खोजतलास गर्न सकेको छैन ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।