२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


अफगानिस्तानमा पुन: हिमपहिरो, सयौं मानिस घरबार विहीन


195
Shares

एजेन्सी । अफगानिस्तानमा फेरी पनि भारी वर्षाका कारण हिमपहिरो जाँदा अत्याधिक रूपमा क्षति पुगेको छ ।

अफगानिस्तानको उत्तरी क्षेत्रमा लाखौंको भौतिक सम्पत्ति नष्ट भएकाे हाे । हिमपहिरोका कारण सयौं सर्वसाधारण घरबार विहीन भएका छन् । त्यहाँको प्रान्तीय सरकारका अनुसार उत्तरी बदख्सान प्रान्तको कोफाब जिल्लामा भीषण वर्षा भएको छ ।

चान्टियो गाउँमा हिमपहिरो र बाढीले २० घर र २५ वटा पसल समेत पुरेको जनाइएकाे छ । गत महिनाको हिमपहिरोबाट अस्त ब्यस्त बनेको साेही क्षेत्रमा वर्षापछिको पहिरोले थप समस्या निम्त्याएको छ ।