Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


एमालेको जन्म कुण्डलीमा राष्ट्रपति: ओली


494
Shares

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समीकरण जन्मँदै राष्ट्रपति नेकपा एमालेको हुने भनेर लेखिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै उहाँले भन्नुभयो– ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ । अहिलेको समीकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै लेखेर आएको छ उति बेलै ।’

माओवादी नेता जनार्दन शर्माले त सहमति भएको थाहा छैन भन्नुभएको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भन्नुभयो– ‘सबैसँग त कहाँ सहमति हुन्छ र माओवादी कार्यकर्ता सबैसँग सहमति गर्दै हिँडेर हुन्छ त रु’ राष्ट्रपतिमा सबैको सहमति हुनुपर्छ भन्ने आवाज पनि उठेको छ नि भन्ने पत्रकारको अर्को प्रश्नको उत्तरमा ओलीले भन्नुभयो– ‘सही कुरा हो, हामीले उम्मेदवार उठाउँछौं, सबैको सहमति हुनुपर्छ ।’

अहिलेको समीकरण सोच विचार गरेर नै बनाएको भन्दै ओलीले एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले एमालेले उठाउने उम्मेदवारको नाम आफूले १३ गते सार्वजनिक गर्ने पनि बताउनुभयो । नयाँ राष्ट्रपतिको उम्मेदवारी मनोनयनका लागि १३ गतेको समय तोकिएको छ । ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा रहेको पनि बताउनुभएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।