
बारा । बाराको सीमावर्ती क्षेत्रका व्यापारीले राजस्व तिर्न दबाबपूर्ण आन्दोलन गरेपछि बन्द रहेको सिम्रौनगढ छेटी भन्सार सुचारु भएको छ ।
जिल्लाको सीमावर्ती क्षेत्रका चार स्थानमा स्थापित छोटी भन्सारमध्ये सिम्रौनगढ सञ्चालन गर्न स्थानीय व्यापारीले दबाब दिएपछि सुचारु भएको हो ।
स्थानीय व्यापारीले भारतीय बजारबाट ल्याएका सामानको राजस्व तिर्न गौर र वीरगन्ज भन्सार जानुपर्ने बाध्यता रोक्न बन्द छोटी भन्सार सुचारुमा लागि उद्योग वाणिज्य संघ सिम्रौनगढले पटक-पटक सरकारसँग माग गरेको थियो । व्यवसायीको चर्को दबाबपछि सो छोटी भन्सार सुचारु भएको छ ।
वीरगन्ज भन्सारअन्तर्गत बाराको कोर्चबा, कबहिगोठ, सिम्रौनगढ र मटिहवामा २०१३ सालैमा छोटी भन्सार कार्यालय स्थापना भएको थियो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्