 
	    डडेल्धुरा। चमेलिया जलविद्युत आयोजनाको प्रसारण लाइनकाे क्षेत्रमा घर-जग्गा पर्ने स्थानीयवासीहरुले मुआब्जा पाएनन् ।
मुआब्जा नपाएपछि उनीहरूले तार तान्न अवरोध गरेका हुन् । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराको भाटागाउँ र कैनी टोलवासीका स्थानीयले प्रसारण लाइनको टावर बनाइएको तार तान्न अवरोध गरेका छन् ।
डडेल्धुरामा चमेलिया जलविद्युत आयोजनाले टावर निर्माण गर्ने क्रममा घर भत्काएर पनि जग्गाको उचित मूल्यांकन नगर्दा पीडितले गुनासो गरेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराका स्थानीय प्रकाश भट्टराईको खेती गर्ने गह्रामा विद्युतको टावर निर्माण गरिएपछि घर भत्काइयो । तर ६ वर्ष बितिसक्दा पनि उहाँको जग्गाको उचित मूल्यांकन गर्ने र मुआब्जा दिने काम नभएको भट्टराईको गुनासो छ ।
मुआब्जामा पनि उचित मूल्यांकन नभएको र विभेद भएकोले २०७४ सालमै प्रयास गरे पनि स्थानीयले मुआब्जा नै नलिएको पूर्ववडा अध्यक्ष खडकबहादुर बोहराले बताउनुभयो ।
२०७४ साल माघ महिनामा सम्पन्न भएको ३० मेगावाट बिजुली क्षमतामा एकतर्फी तार तानेर विद्युत प्रवाह गरिएको उक्त जलविद्युत आयोजनाले नेपाल सरकारका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मार्फत हस्तान्तरण गरी सकेपछि हाल टावरको दोस्रो तर्फ पनि तार तान्न गरिएको कामले क्षतिपूर्तिको विषयमा स्थानीय झन सशंकित भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा आयोजनाले मुआब्जा वापत पठाएको रकम केही स्थानीयले नबुझेपछि फिर्ता गरिसकिएको कार्यालयले जनाएको छ । तर छुटेका जग्गाधनीको क्षतिपूर्ति के हुने भन्ने अन्योल मै रहँदा स्थानीयको पीडा झन बल्झिएको हो । 
 


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्