
वीरगञ्ज । वीरगञ्जको घण्टाघरदेखि पूर्व लिंकरोडमा रहेको गिरिश सिंहको सटर भाडाका लागि ‘टु लेट’ लेखेर टासेँर करिब ५ महिना भयो ।
तर, अहिलेसम्म सटर भाडमा लिन कोही आएका छैनन् । सटर भाडामा लिन नसक्ने आधा भाग गरेर लगाउन अनुरोध गर्ने गरेको सिंहले बताए ।
उनको घर मात्र भाडामा नगएको होइन, लिंक रोडमा रहेका अधिकांश घरहरुमा भाडामा दिने भन्दै टाँसिएका सूचना झण्डै आधा दर्जन देखिन्छन् ।
अफिस बैंक तथा पसलका लागि सम्पर्क फोन नम्बरसहित लेखेर टाँसेका छन् । त्यसरी सूचना टाँसेको धेरै महिना भइसकेको छ । अझै ती फ्याटहरु भाडामा गएका छैनन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्