 
	    कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले जन चाहना अनुसार काम गर्ने बताएका छन् । जनताको संघीयता प्रतिको वितृष्णालाई हटाउँदै अगाडि बढ्ने र प्रदेशको विकासका लागि योजनाहरू बनाएर अगाडि बढ्ने उहाँहरुको भनाइ छ ।
मुलुकमा संघीयता लागु भएपछि अपेक्षा गरे अनुसार काम हुन नसकेको टिप्पणी भइरहँदा सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले जन चाहना अनुसार काम गर्ने बताएका छन् ।
पद तथा गोपनियताको शपथ लिने क्रममा मुख्यमन्त्री कमल शाह, भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीले चाहना अनुसारको काम गर्ने बताउनु भएको हो ।
नयाँ संविधानलाई कार्यान्वयन गराउन आवश्यक कानुन, संरचना र विशेष ऐनहरू पर्याप्त नभएका कारण सोचे अनुसार काम गर्न नसकेको बताउँदै मुख्यमन्त्री कमल शाहले जन चाहना अनुसार प्रदेश सरकारले काम गरेर देखाउने बताउनुभयो ।
प्रदेश संरचनाको बारेमा जनतालाई विश्वास दिलाउँदै राहत दिने कार्यक्रम र प्रदेश सरकारप्रति विश्वास बढाउने भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवाले बताउनुभयो । उहाँले भौतिक पुर्वाधार निर्माणलाई जोड दिने र देखिने गरी काम गर्ने बताउनुभयो ।
आर्थिक अवस्थामा कमजोर रहेको सुदूरपश्चिम प्रदेशका जनताहरूको आर्थिक स्तर बढाउने कार्यक्रमहरू ल्याउने आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीले बताउनुभयो । युवा उद्यमशीलता र ग्रामीण अर्थतन्त्रलाई जोड दिएर कार्यक्रम अगाडि बढाउने मन्त्री शाहीले बताउनुभयो ।
नागरिकका चाहना अनुसार काम गर्न नसक्दा समग्र व्यवस्थामाथि प्रश्न उठ्न थालेका बेला जनचाहना अनुसार काम गरेर देखाउने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूको प्रतिवद्धता आएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्