काठमाडौं । बागमती सुधार आयोजनाअन्तर्गतका ऐतिहासिक सम्पदा तथा स्मारक पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यससँगै यी सम्पदामा अतिक्रमण गर्ने क्रम पनि सुरू भएको छ ।
२०७२ को भूकम्पका कारण यस क्षेत्रमा भत्किएका २८ ऐतिहासिक संरचना तथा स्मारक पुननिर्माणको काम अहिले अन्तिम चरणमा पुगेको हो ।
पूनर्निर्माण भइसकेका सम्पदा कसले व्यवस्थापन गर्ने भन्ने कुरा अन्योल रहेका बेला सम्पदामाथिको अतिक्रमण सुरू भइसकेको छ ।
बागमती सुधार आयोजनाका उप टोली नेता प्रयागराज जोशीका अनुसार नदी किनारका सम्पदा निर्माण भइसकेकाले यसको व्यवस्थापन गुठी वा स्थानीय सरकारले जिम्मा लिनुपर्छ । अहिले व्यवस्थापन कसले गर्ने भन्नेमा अन्योल देखिएको र यही बेला सम्पदा माथिको अतिक्रमण सुरू भएको उनले बताए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्