Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


४० काटेका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा हुन भानुभक्त ढकालको आग्रह


234
Shares

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरुलाई अनेरास्ववियुबाट बिदा हुन आग्रह गर्नुभएको छ ।

मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पार्टीको जनसम्पर्क समन्वय समिति संयोजक समेत रहनुभएका स्थायी कमिटी सदस्य ढकालले ३० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरुलाई संगठनबाट बिदा हुन आग्रह गर्नुभएको हो ।

उहाँले विद्यार्थी संगठन छोडेर पार्टीका काममा लाग्न आग्रह गर्नुभयो । उहाँले भुगोलमा काम नगरी पार्टीले निर्वाचनको टिकट पनि नदिने भन्दै भुगोलमा गएर पार्टीको काम गर्न सुझाव दिनुभयो । संगठनबाट स्वेच्छाले बाहिरिने विद्यार्थी नेताहरुलाई पार्टीले पहिलो प्राथमिकतामा राखेर जिम्मेवारी दिने पनि उहाँले बताउनुभयो । उहाँले उच्च समझदारीका साथ नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विद्यार्थी संगठनले पुरानो तरिकाको राजनीति नगरी रचनात्मक तरिकाले कामहरुहरु गर्नुपर्ने बताउनुभयो । उहाँले एमालेमा कसैले संस्थागत गुट बनाउँछ भने सो कुरा स्वीकार्य नहुने बताउनुभयो । निर्वाचन भएको खण्डमा प्यानल नबनाई एक्लाएक्लै उम्मेदवार बन्नुपर्ने उहाँले बताउनुभयो ।