Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


आर्थिक समृद्धिका लागि कृषि क्रान्ति: प्रधानमन्त्री दाहाल


91
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन अब कृषि क्रान्ति गनुपर्ने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा प्रधानमन्त्री दाहालले कृषि क्षेत्रलाई उत्पादनतर्फ लगेर मुलुकलाई आर्थिक रुपमा सबल बनाउनु पर्ने बताए । कृषि क्षेत्रलाई प्रथामिकता नदिए मुलुकको अर्थतन्त्रमा सुधार गर्न नसकिने उनको भनाई थियो । कृषिलाई उच्च प्राथामिकतामा राखेर मुलुकलाई आत्मनिर्भरतर्फ लैजाने अबको सरकारको पहिलो एजेन्डा रहेको उनले बताए ।

त्यसैगरी प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्रलाई ‘लाइफ एन्ड डेथ’ को रुपमा हेरेको बताए । ‘हिजो खाद्यान्नमा आत्मनिर्भर मात्र नभएर निर्यात गर्ने, आवश्यक समग्री आफैं तयार गर्ने मुलुक आज परनिर्भर बन्दै गएको छ, प्रधानमन्त्री दाहालले भने ।’

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।