Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


भूकम्पपछि चुनौतीपूर्ण अवस्थामा टर्की

टर्की–सिरियामा २१ हजार बढीको मृत्यु

169
Shares

काठमाडौं । दक्षिणी टर्की र उत्तरी सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि शुक्रबार बिहानसम्ममा मृतक संख्या २१ हजारभन्दा बढी पुगेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

आश्रय, पानी, इन्धन र बिजुली अभावका कारण गम्भीर घाइते भएकासमेत जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भूकम्पभन्दा अन्य प्रकोपका कारण सर्वसाधारणले अझ जटिल चुनौती सामना गर्नुपर्ने चुनौती थपिएको छ ।

दुवै देशका उद्धारकर्मी सक्रिय रहे पनि भग्नावशेषमुनि फसेका धेरैलाई जीवित उद्धार गर्ने आशा भने न्यून देखिएको छ । बेलायती परोपकारी संस्थाले प्रभावित मानिसका लागि कोष जुटाउन अपिल सुरु गरिसकेका छन् ।

यसैगरी, विपक्षीको नियन्त्रणमा रहेको उत्तरपश्चिम सिरियामा समेत संयुक्त राष्ट्र संघको सहायताको पहिलो चरणमा ६ लरी टर्कीबाट त्यस क्षेत्र प्रवेश गरेको छ । उद्धारकर्ताका अनुसार कम्तीमा १ हजार ९ सय जनाको मृत्यु भएको र धेरै मानिस ध्वस्त संरचनामा फसेको हुन सक्छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।