
टीकापुर । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन आह्वान गरिएको प्रदेशसभाको बैठक अन्तिम समयमा स्थगित गरिएको छ ।
प्रदेशसभा बैठक सारिएकोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूहरूसँग सल्लाह नै नगरी बुधबार आह्वान गरिएको बैठक मुख्यमन्त्रीको इसारामा सभामुख भीमबहादुर भण्डारीले सारेको भन्दै विरोध जनाएको हो ।
कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सत्तारूढ दलले सर्वदलीय बैठकको निर्णयलाई लत्याउँदै सभामुखले संसदीय मर्यादाविपरित काम गरेको बताए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्