Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


कारागार अघोषित पार्टी कार्यालय

रेशम चौधरीका अगाडि निरीह गृह मन्त्रालय

572
Shares

काठमाडौं । लामो समयदेखि डिल्लीबजार कारागार नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अघोषित कार्यालय बनेको छ । टीकापुर काण्डमा दुई तहको अदालतबाट सजाय तोकिएका नाउपाका संस्थापक अध्यक्ष एवं हालका सल्लाहकार रेशम चौधरीले कारागारलाई नै पार्टीको अघोषित कार्यालय बनाएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको टिकट वितरणदेखि सरकार बनाउने, सरकारलाई समर्थन गर्ने वा नगर्नेजस्ता विभिन्न विषयमा छलफलका लागि डिल्लीबजार कारागार नाउपाको केन्द्रजस्तै बनेको छ । कारागारबाटै भइरहेका नाउपाका राजनीतिक गतिविधिप्रति गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग र जेल प्रशासन मौन छन् ।

डिल्लीबजार कारागारमा चौधरीलाई भेट्न कुनै रोकतोक नभए पनि अन्य कैदी र थुनुवाका हकमा भने कारागार नियमावली आकर्षित हुने गरेको छ । ‘रेशम चौधरीलाई भेटघाट गर्न आउनेलाई नरोक्नू भन्ने माथिकै आदेश छ,’ डिल्लीबजार कारागार प्रशासनका एक कर्मचारीले भने। दुई तहको अदालतबाट सजाय तोकिएयता चौधरी डिल्लीबजार कारागारमा कैदीका रूपमा छन् ।

हाल सर्वोच्च अदालतमा मुद्दा चलिरहेकाले उनलाई पनि अन्य कैदीसरह नै नियम लागु हुनुपर्ने भए पनि गृह मन्त्रालयले नै कारागार व्यवस्थापनलाई खुकुलो पारी भेटघाटलाई सहज बनाइदिएको छ । टीकापुर घटनामा दोषी ठहर गर्दै अदालतले चौधरीलाई जन्मकैदको सजाय फैसला गरेको थियो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।