Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


चार वर्षमा साढे दुई किमी कालोपत्र


286
Shares

काठमाडौं । चिनियाँ निर्माण कम्पनीको लापरवाहीका कारण नारायणगढ-बुटवल सडक खण्ड बनाउन सुरु भएको चार वर्षमा बल्ल साढे दुई किलोमिटर सडक कालोपत्रे भएको छ । यो कालोपत्रे पनि पहिलो तहको मात्र हो ।

सरकारले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डलाई दुई भागमा विभाजन गरी चार लेनको सडक बनाउन खोजेको हो ।

१ सय १३ किलोमिटर लामो सडक निर्माण गर्न चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का पाएको छ ।

सरकार र यो कम्पनीबीच २०७५ माघ २४ मा निर्माणको सम्झौता भएको थियो । सम्झौता भएको यहि माघ २३ मा ४ वर्ष पूरा भएको छ । त्यसअनुसार गत साउनमा निर्माण पूरा हुनुपर्ने भयो । निर्माण सकिने बेलासम्म सडकको भौतिक प्रगति २४.५ प्रतिशतमात्र भएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।