Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


६ महिनासम्म निरन्तर यौनशोषण गर्ने पाण्डेलाई ७ वर्ष कैद


2.4k
Shares

काठमाडौं । सौन्दर्य प्रतियोगिता सञ्चालनको आवरणमा नाबालिगलाई निरन्तर ६ महिनासम्म यौनशोषण गरेको अभियोगमा मनोज पाण्डे भनिने मनोजकुमार जैसीलाई जेल सजाय ताेकिएकाे छ ।

पाण्डेलाई मानव बेचबिखन मुद्दामा काठमाडौं जिल्ला अदालतले ७ वर्ष कैद सजायको फैसला गरेको छ । साथै पीडितलाई ७५ हजार क्षतिपूर्ति दिने फैसला समेत अदालतले गरेकाे हाे ।

काठमाडौं जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले माघ १० गते उनलाई दुवै कसुरमा दोषी ठहर गरेको थियो  ।

एक किशोरीले पाण्डेले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौनशोषण गरेको घटना गत जेठ ४ मा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन् ।

असार १ मा पाण्डेविरुद्ध जिल्ला अदालतमा बालयौन दुरुपयोग र मानव बेचबिखनमा मुद्दा दायर गरिएको थियो । पाण्डेलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ७ मा पक्राउ गरेको थियो ।