१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


सशस्त्र डीआईजी बढुवा प्रक्रिया अघि बढ्यो


260
Shares

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा प्रक्रिया अगाडि बढाएको छ ।

गतबैशाखदेखि असोजसम्म सशस्त्र प्रहरी नायब महानिरीक्षकको चार रिक्त पदका लागि बढुवा प्रक्रिया अघि बढाइएको हो ।

यद्यपि, बढुवा समिति सचिवालयको सूचनामा भने ‘केही रिक्त पद’ भनिएको छ ।

गृहअन्तर्गत बढुवा समिति सचिवालयका तर्फबाट सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलद्वारा हस्ताक्षरित सूचनामा ‘बढुवाका लागि सम्भाव्य उम्मेदवारलाई १९ माघको मितिले सात दिनभित्र आवश्यक कागजात बुझाउन’ भनिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।