
झापा । श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट आज एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा ८ स्थित प्लटिङ नजिकै बसोवास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् ।
गत वुधवार राति ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
श्रीमतीको हत्या गरेसंगै शव घर नजिकैको खाल्डोमा छिपाएर राखेको र शनिवार स्थानीयले देखेसंगै प्रहरीलाई खवर गरेको इलाका प्रहरी कार्यालय अनरानीका प्रहरी नायव उपरीक्षक रुगम वहादुर कुँवरले जानकारी दिनुभयो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । उदयपुरको साविक रामपुर २ घर भएका उनी केही समयदेखि अर्जुनधारा बसोवास गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्