२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


लुम्बिनी प्रदेश : समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा यादव


234
Shares

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध समाजवादी विद्यार्थी युनियन नेपालको लुम्बिनी प्रदेशस्तरीय भेला सम्पन्न भएको छ ।

कपिलवस्तुको चन्द्रौटामा शनिबार सम्पन्न भेलाले पंकज यादवको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेको छ ।

समितिकिो उपाध्यक्षमा विवेकराज भट्टराई, पूजा यादव, राजु यादव र मुख्य सचिवमा मो. इरफान मन्सुरी र सचिवमा वसन्त प्रकाश यादव रहेका छन् ।

जनता समाजवादी पार्टी, नेपालका प्रदेश अध्यक्ष अशोक यादव प्रमुख अतिथि रहेको भेलामा प्रदेश सदस्य शिवपुजन यादव, समाजवादी विद्यार्थी युनियनकी केन्द्रीय उपाध्यक्ष रीता यादव लगायतको सहभागिता रहेको थियो ।