
सर्लाही । ट्रफिक प्रहरीविरुद्ध सर्लाहीका तरकारी व्यापारी आन्दोलित भएका छन् ।
सर्लाही तथा आसपास जिल्लाका किसानको तरकारी बिक्री गर्ने मुख्य केन्द्रको रुपमा रहेको लालबन्दी तरकारी बजारबाट दैनिक काठमाडाैंको लागि ५–६ वटा ट्रक र पिकअप भ्यान तथा पोखराको लागि ३ वटा पिकअप भ्यान जान नदिएकाे भन्दै ट्रफिक प्रहरीविरुद्ध व्यापारीहरु आन्दोलित भएका हुन् ।
लालाबन्दी तरकारी बजार व्यवस्थापन समितिका बजार व्यवस्थापक शम्भु घिमिरेले दुई वटा बसमा पोखारा तरकारी लैजाने गरेको भए पनि शुक्रबारबाट समस्या आएको बताउनु भयो । आफूहरुले तरकारी लोड गरेर लगेबापत प्रति गाडी ट्रफिक प्रहरीलाइ पैसा बुझाउनु पर्ने भएकाेले समस्या आएको उहाँले बताउनु भयाे ।
तरकारी लैजाँदा पैसा बुझाउँदा पनि ट्रफिक प्रहरीले तरकारी लैजान नदिएको भन्दै लालबन्दीका तरकारी किसान तथा व्यवसायीहरुले लालबन्दी नगरपालिका वडा नम्बर ७ स्थित तरकारी बजार नजिकैको डुमडुमे पुलमा सिमि, टमाटर, भान्टा लगाएतका तरकारी फालेर विराेध जनाएका छन् ।
यता ट्रफिक प्रहरी कायलय सर्लाहीका प्रमुख ईश्वर कार्कीले व्यवसायीले लगाएको आरोप निराधार रहेको बताउनु भयाे । बसमा तरकारी लैजाँदा यात्रुहरुलाई समस्या हुने भएकाेले यात्रुबाहक सार्वजनिक यातायातमा माल सामान बाेक्न नदिएकाे उहाँकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्