Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव


91
Shares

झापा । फागुन ५ देखि १५ गतेसम्म बिर्तामोडमा आयोजना गर्न लागिएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी तीब्र पारिएको छ ।

बिर्तामोड नगरपालिका – २ स्थित रामचौकमा हुन लागेको महोत्सवका लागि जिल्लामा रहेका महिला उद्यमीहरुसँग संघमा छलफल गरिएको छ । छलफलका क्रममा महिला उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आ–आफ्ना ठाउँबाट सक्दो सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरेका छन् ।

बिर्तामोडकै गौरबका रुपमा महोत्सव आयोजना गरिएको र त्यसलाई सफल बनाउन आफूहरुको दायित्व रहेको नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीले बताउनुभयो ।

त्यस्तै एवीसी नेपालकी अध्यक्ष कञ्चना सिटौलाले महोत्सव सफल बनाउन महिलाहरुको मात्रै दायित्व नभई बिर्तामोड बासीकै दायित्व रहेकाले सबै एकजुट हुनु पर्ने बताउनुभयो ।

बिर्तामोड औद्योगित व्यापार महोत्सवका संयोजक राजु न्यौपानेले आयोजना गर्न लागिएको महोत्सवका विषयमा प्रकाश पारेको कार्यक्रममा महिला मुक्ति अभियानकी अध्यक्ष राधा शुब्बा, नेपाल उद्यमशील महिला संघकी सचिव यशोदा प्रसाई, नेपाल उद्यमशील महिला संघकी सहसचिव चन्द्रा भट्टराई पोखरेल, सदस्यहरु चन्द्रकला रिजाल भट्टराई , विना थापा घिमिरे, कविता पौडेल, उमा भट्टराई प्रसाई, विमला भट्टराई, माया प्रधान, अञ्जु लामिछाने लगायतले महोत्सव सफल बनाउन आ– आफ्नो ठाउँबाट सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको सञ्चालन महोत्सव आयोजक समितिका सचिव कुशल खतिवडाले सञ्चालन गर्नु भएको थियो ।