Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


बहालवाला कर्मचारीलाई उमेर हद नलगाउन सर्वोच्चको अन्तरिम आदेश


1.4k
Shares

काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोग पास गरी प्रदेश र स्थानीय तहमा कार्यरत बहालवाला कर्मचारीलाई आयोगले खोल्ने विज्ञापनमा उमेर हद लगाएर नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले ३५ वर्ष उमेर पूरा भएका कारणबाट परीक्षामा सामेल नगराउँदा उनीहरूको वृत्ति विकासमा असर पुग्न सक्ने देखिएको भन्दै लोकसेवा आयोगले माग गरि दरखास्त आहवान गरेको विज्ञापनमा समावेश गरि परिक्षामा संलग्न गराउन अन्तरिम आदेश दिएको हो ।

नेपाल निजामती कर्मचारी संगठनका तर्फबाट अवकाशप्राप्त उपमहासचिव युवाचन्द्र घिमिरेले लोकसेवा आयोगलाई विपक्षी बनाई रिट दर्ता गर्नुभएको थियो ।

अदालतको आदेशमा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी निजामती सेवा सम्बन्धी ऐन बमोजिम उम्मेदवार हुन पाउने व्यवस्था गरेको उल्लेख छ ।