२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


पार्टी कार्यालय जाँदै गर्दा बाटाेमा घनश्याम भूसाल बेहोस


0
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम अस्वस्थ्य भएपछि अस्पताल भर्ना हुनुभएकाे छ ।

उहाँ पार्टी कार्यालय जाँदै गर्दा आफैँले गाडी हाँकिरहेको अवस्थामा बानेश्वर पुग्दा बेहोस भएको बताइएको छ ।

बेहोस भएपछि उनलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालका अनुसार उहाँको स्वास्थ्य सामान्य रहेको छ ।