२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024


सिन्धुलीमा फेरि हात्तीको आतंक


169
Shares

सिन्धुली । सिन्धुलीमा जंगली हात्तीले फेरी आतंक मच्चाएका छन् ।

एक हप्ता अघिदेखि कोशी टप्पु बन्य जन्तु आरक्षणबाट सिन्धुली पसेका जंगली हात्तीले कमलाखोच क्षेत्रको कमलामाई नगरपालिका–१४ रानीवास चन्दनपुरमा सर्वसाधरणहरुको ४ वटा घर भत्काएका छन् ।

यसवर्ष पटक पटक जंगली हात्तीको प्रवेशले दुधौली नगरपालिका र कमलामाई नगरपालिका क्षेत्रमा आतंक मच्चाउदा सामान्य जनजीवन प्रभावित बनेको छ ।

केही दिनअघि पनि जंगली हात्तीले दुधौली नगरपालिकाको माथिल्लो पत्रिंगा गाउँमा स्थानीयको केराका बोट र घरमा राखेको धान खाईदिएका थिए ।

विगत लामो समयदेखि कमलाखोच स्थित हुँदै आउने जंगली हात्तीलाई सरकारी सम्बन्धित निकायले दिगो रुपमा व्यवस्थापन गर्न नसक्दा स्थानीय बासिन्दाहरु पीडित बन्दै आएका छन् ।

पछिल्लो एक दशकमा कमलाखोंच क्षेत्रमा हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ ।