Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


गुटबन्दीका कारण लज्जास्पद हार : शशांक


0
Shares

प्रकाश मैनाली (इमेज)

सर्लाही, भदौ १३ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र कुनैपनि गुटबन्दी मान्य नहुने बताएका छन् ।

बुधबार सर्लाहीको हरिवनमा सन्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले आन्तरिक गुटबन्दीका कारण कांग्रेस कमजोर भएको स्वीकार गरे ।

तीनओटै चरणका निर्वाचनमा कांग्रेसले विपक्षीका कारण नभइ पार्टीभित्रकै गुट–उपगुटका कारण लज्जास्पद हार व्यहोर्नुपरेको उनले बताए ।

अबको चार वर्षमा व्यापकरुपमा संगठन विस्तारका काम गरे पार्टीलाई पुरानै अवस्थामा पुर्‍याउनसकिने उनको दाबी थियो ।

विकास र परिवर्तनका काम कांग्रेसको समयमा भएको दाबी गर्दै  कोइरालाले अहिलेको कम्युनिस्ट सरकारले विकासको खाका दिन नसकेको आरोप लगाए ।

सरकारसँग दुईतिहाइको दम्भ भएपनि कांग्रेस बलियो प्रतिपक्षीको भूमिकामा रहने उनले बताए ।