Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


‘गृहमन्त्री नियुक्तीमा ढिलाइ गर्नु हुँदैन’


429
Shares

काठमाडाैं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नियुक्तीमा ढिलाई गर्न नहुने बताउनु भएको छ ।

सत्तारुढ दलहरुसँग समझदारी गरेर प्रधानमन्त्री दाहालले गृहमन्त्री नियुक्ती गर्नुपर्ने उहाँको भनाइ थियो । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद गैरेले सत्तारुढ दलहरुबीचको सहमतीमा गृह मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषय निर्धारण हुने समेत बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘भएको गृहमन्त्री विदा हुनु भएको छ । अव नयाँ गृहमन्त्री नियुक्ती प्रधानमन्त्रीले छिट्टै गर्नु हुन्छ । हिजो सहमती हुँदाखेरी त्यो गृह मन्त्रालय जति पटक मन्त्रीमण्डल परिवर्तन भएपनि त्यो सम्बन्धित पार्टीकै हुनेछ भन्ने सहमती भएको हो वा होइन ? भन्ने कुरा आज खुलेको वा स्पष्ट भएको अवस्था छैन । तर पनि यो सरकार संचालनमा संलग्न भएका दलहरुबीचमा, नेताहरुको बीचमा छलफल भएर समझदारीका साथ नै गृह मन्त्रालय कुन पार्टीले पाउने, कसले पाउने भन्ने कुराको निर्धारण हुन्छ ।’

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमाउनु भएको थियो ।